‘कालोसूची’मा रहेकाको उम्मेदवारी रद्द हुने – Himalayan Dainik

‘कालोसूची’मा रहेकाको उम्मेदवारी रद्द हुने


‘कालोसूची’मा रहेकाको उम्मेदवारी रद्द हुने

काठमाडौँ – निर्वाचन अधिकृतले आज समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् ।

निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

त्यसैगरी विभिन्न कारणले कालोसूचीमा परेका ४० हजारमध्ये कोहीले मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द हुनेछ । निर्वाचन कानूनमा उम्मेदवारी दिने योग्यता नपुग्ने विषयलाई आधार बनाएर कालोसूची तयार गरिएको हो । अदालतबाट पाएको सजाय भुक्तान नभएका, बै‌ंकको ऋण नतिरेकाहरु कलोसूचीमा पर्ने छन् ।