काठमाडौँ – वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।
नेकपा ९एमाले०ले काठमाडौँ महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने भएपछि आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।
आफूले सोमबार काठमाडौं महानगरको मेयर पदमा उमेदवारी दिने उनले बताए ।
