एमाले सचिवालय बैठक जारी, चुनावी रणनीतिबारे छलफल हुँदै – Himalayan Dainik

एमाले सचिवालय बैठक जारी, चुनावी रणनीतिबारे छलफल हुँदै


एमाले सचिवालय बैठक जारी, चुनावी रणनीतिबारे छलफल हुँदै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

मंगलबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचन तयारी रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

चुनावको तयारीका लागि बोलाउन लागिएको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवलगायत पदाधिकारीहरु सहभागी छन् ।