पोखरा – नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरुले हलमै नाराबाजी गरेका हुन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका हुन् ।
उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवको माग गरेको छ । यता एशोसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको छ ।
संगठनको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषयमा पनि विवाद देखिएको छ । अन्य पदाधिकारीमा पनि धेरैको दाबी रहेकाले नेतृत्वलाई मिलाउन सकस देखिएको हो ।
१५१ सदस्यीय कमिटी बनाउने भनिए पनि अघिल्लो कमिटी ३५१ सदस्यीय बनाएपछि मिलाउन नेतृत्व प्रयास विफल भएको एक नेताको भनाई छ । बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने जानकारी प्रतिनिधिहरूलाई दिएपनि ढिला गरी बन्दसत्र सुरु भएको छ ।
