काठमाडौँ – प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले ।
एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे । लगत्तै सभामुखले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित गरे ।
