शिवरात्रिमा झण्डै १७ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे – Himalayan Dainik

शिवरात्रिमा झण्डै १७ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे


शिवरात्रिमा झण्डै १७ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे

काठमाडौँ – शिवरात्रिको दिन हिजो झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका अनुमान् गरिएको छ । हिजो बिहान तीन बजेदेखि राति बेरसम्म पशुपतिमा भक्तजनको भीड लागेको थियो ।

मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो । पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजा हुनेछन् । यस्तै, हिजो संकलन भएको भेटी गणना लगायतका व्यवस्थापकीय काम भने दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस्तै, पशुपति क्षेत्रमा आज बिहानैदेखि सरसफाइको काम सुरु भएको छ । शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको छ । पशुपति क्षेत्रमा फूल–माला तथा बत्तीले सजाइएको छ ।