अन्तर्राष्ट्रिय अदालत जानुपर्ने डरले प्रचण्डले एमसीसीमा सहमति जनाए: अध्यक्ष विजुक्छे – Himalayan Dainik

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने डरले प्रचण्डले एमसीसीमा सहमति जनाए: अध्यक्ष विजुक्छे


अन्तर्राष्ट्रिय अदालत जानुपर्ने डरले प्रचण्डले एमसीसीमा सहमति जनाए: अध्यक्ष विजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालिन अपराधका घटनामा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने डरले एमसीसीलाई सहमति जनाएको आरोप लगाउनुभएको छ ।

भक्तपुरको न्हुः पुखु (रानीपोखरी)को मंगलबार उद्घाटन गर्दै विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोड्नुभयो । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो । प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको बताउनुभयो । उक्त कदमकाविरुद्ध पार्टीले देशभर विरोध गरिरहेको उल्लेख गर्दै उहाँले एमसीसी नेपाल र नेपालीका लागि घातक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाए ।’