काठमाडौँ – आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १४ सयले घटेर प्रतितोला ९६ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
