सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी – Himalayan Dainik

सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी


सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

रुपन्देही – देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित हुनुभएको छ । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गर्नुभयो । कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष हुनु हुन्थ्यो ।

कुँवरसँगै सबै पदमा उहाकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी हुनुभएको छ । चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित हुनुभएको छ । सदस्यमा चक्रपानी न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती निर्वाचित हुनुभयो ।