जाजरकोट – जिल्ला सदरमुकाम खलङ्गाभित्र जडान गरिएका सीसी क्यामरा प्रयोगविहीन भएका छन् । बजार क्षेत्रभित्रको शान्ति सुर क्षा कायम गर्न भेरी नगर पालिकाको आर्थिक सहयो गमा जडान गरिएका २५ वटा सीसी क्यामरामध्ये हाल पाँचवटा मात्र प्रयोगमा रहेको बताइएको छ।
नगर पालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको अगुवाइमा दुई वर्षअघि जिल्ला सदर मुकामका गैरीखाली, शान्ति चौतारा, ठाँटी, न्युरोड थाप्ले चौर लगायतका ठाउँमा सीसी क्यामरा जडान गरिएको छ। हाल ठाँटी, सिटिजन्स बैङ्क र वाणिज्य बैङ्क नजिकका सीसी क्यामरा मात्र सञ्चालनमा रहेकोे प्रहरीले जनाएको छ ।
जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले अन्य ठाउँका सीसी क्यामरा चट्याङका कारण बिग्रिएको जानकारी दिए। उनले ती क्यामरा मर्मत गर्न आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरे पनि कतैबाट व्यवस्था हुन नसकेको गुनासो गरे ।
जाजरकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर खत्रीले सीसी क्यामराहरू प्रयोगविहीन हुँदा बजार क्षेत्रको शान्ति सुरक्षा कमजोर भएको बताए। सीसी क्यामरा प्रयोगमा नहुँदा चोरीका घटना हुन सक्ने खत्रीको आशङ्का छ ।
गोरखापत्र
