काठमाडौँ – राष्ट्रिय महिला आयोगका आयुक्त कृष्णकुमारी खतिवडाको विशेष पहलमा एक जना सडक महिलाको उद्धार गरेको छ ।
आज आयोगको आयुक्त खतिवडाको नेतृत्वको टोलीले काठमाडौँको कालिकास्थानबाट करिव ४० वर्षको स्वासथ्यमा समस्या भएको महिलालाई उद्धार गरेको छ । सडकमा नै आफ्नो जीविनलाई अन्त्यन्त कष्टकर रुपमा विताइरहेको उक्त महिलालाई उद्धार गरी मानव सेवा आश्रममा राखेको आयुक्त खतिवडाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौँको डिल्लीबजार छेउबाट एक सडक महिलाको उद्धार गरेका छौं । बेसाहार भएर सडकमा बस्नुपरेको महिलालाई उद्धार गरी मानव आश्रममा जिम्मा लगाएका छौं । ति महिलालाई आयोगको तर्फबाट अभिभावकत्व ग्रहण गर्दै काठमाडौँ २९ नं। वडा कार्यालय र नेपाल प्रहरीको रोहवरमा आश्रममा जिम्मा लगाएर मानविय सेवा गरेका छौं । आफै फलो गरेर ति महिलालाई आश्रममा जिम्मा लगाई सडकबाट समाजमा लैजादा सारै खुसी लागेको छ । अघिल्लो सरकारले सडक मानवमुक्त बनाउने अभियान चलाएको थियो । त्यसलाई निरन्तरता तथा आयोगको मुख्य जिम्मेवारी नै महिला संरक्षण गर्ने भएकाले आगामी दिनमा समेत उद्धारका कार्यहरुलाई निरन्तर गर्दै जानेछौं । आयोग महिलाहरुको साझा घरको रुपमा स्थापीत गराउने छौं ।’
अलपत्र परेको महिलालाई उद्धार गरी आफै फकाएर गाडीमा लगाई सेवा आश्रममा जिम्मा लगाएको जानकारी गराउँदै उहाँले आफुले एक हप्तादेखी नै उक्त ठाउँमा देखेको बताउनुभयो । सडकमा महिलाको यौनजन्य हिंसाको उच्च जोखिममा समेत रहेकोले तत्तकाल उद्धार गरिएको जानकारी दिनुभयो । काठमाडौँ लगायतका देशभरका धेरै ठाउँहरुमा महिलाहरु हिंसाको सिकार भइरहेको उल्लेख गर्दै उहाँले त्यसको रोकथाम, न्युनिकरण तथा अन्त्यको लागि सम्बन्धीत निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रहरी तथा मानव सेवा आश्रमको सहयोगमा उद्धार गरिएको छ । मैले विगत एक हप्ताभन्दा बढी समयदेखी उक्त महिलालाई त्यही देखेको थिए । आज उद्धारको लागि गए । उक्त महिलालाई पैसा दिएर फकाएँ, ति महिलाले मलाई ढुङ्गाले सम्म हान्न खोजिन तर मैले त्यसलाई सामान्य रुपमा लिँदै आफ्नो जिम्मेवारी निर्वाह गरी उद्धार गरे ।’
नियुक्त भएदेखी नै महिलाको संरक्षण तथा सम्बद्र्धनमा लागि परिरहेको उल्लेख गर्दै उहाँले देशभरका महिलाको हक, अधिकार तथा हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउनको साथ साथसाथै रोजगार, सुरक्षा, आत्मविश्वास दिलाउने लगायका कामहरु गरिरहेको जानकारी गराउनुभयो । संविधानमा अधिकार प्राप्त गरे पनि व्यवहारिकतामा रुपान्तरण गर्न केही समस्या भइरहेता पनि आगामी दिनमा संविधान तथा कानुनलाई कार्यान्वयन गर्दै आवश्यक कानुनको परिवतनको लागि समेत आयोग लागिरहेको जानकारी गराउनुभयो ।
