काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । उक्त छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बेलुका ५ बजे बस्ने तय गरिएको स्रोतले जनाएको छ ।
यसअघि, देउवा र प्रचण्डबीच बुधबार भएको छलफलपछि आज दिउँसो ३ बजेका लागि गठबन्धनको बैठक तय गरिएको थियो
