शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ बस्ने – Himalayan Dainik

शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ बस्ने


शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ बस्ने

काठमाडौ – सर्वोच्च अदालतमा सोमबार बसेको न्यायाधीशहरूबीचको बैठकले शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ डाक्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बित भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीद्वारा न्यायाधीशहरुलाई सोमबार छलफल डाकेका थिए । छलफल शुक्रबार फुलकोर्ट बैठक डाक्ने निर्णयका साथ सम्पन्न भएको थियो ।

उक्त बैठकमा न्यायाधीशहरूलाई विभिन्न प्रस्तावहरु राख्न आग्रह गरिएको छ । सोमबारको बैठकले आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल गरेर समस्या समाधानको निकास खोज्ने सहमति गरेको छ ।