चीनको मानवअधिकार उल्लङ्घनविरुद्ध बेल्जियममा विरोध, बेइजिङ ओलम्पिकको बहिस्कार गर्न माग – Himalayan Dainik

चीनको मानवअधिकार उल्लङ्घनविरुद्ध बेल्जियममा विरोध, बेइजिङ ओलम्पिकको बहिस्कार गर्न माग


चीनको मानवअधिकार उल्लङ्घनविरुद्ध बेल्जियममा विरोध, बेइजिङ ओलम्पिकको बहिस्कार गर्न माग

बेल्जियम – विश्व समुदायलाई बेइजिङ विन्टर ओलम्पिकको बहिष्कार गर्न आग्रह गर्दै चीनको मानवअधिकार उल्लङ्घनको विरोधमा डिक्समुइड शहर बेल्जियमको ऐतिहासिक इज्जरटोरेन टावरमा विरोध प्रदर्शन गरिएको छ।

शनिबार ब्रसेल्स, एन्टवर्प र मेचेलेन लगायत धेरै शहरहरूबाट ठूलो संख्यामा समुदायका मानिसहरू भेला भएका थिए। इज्जरटोरेन टावरमा प्रदर्शनकारीहरूले विरोध झण्डा र तिब्बती झण्डा प्रदर्शन गरेका थिए। यसैबीच उइघुर अधिकार समूहहरू तिब्बतीहरूसँगै डिक्समुइड सहरमा भेला भए र चीनको मानवअधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेका थिए।

“नरसंहार खेल ३द्यभष्वष्लनद्दण्द्दद्द को चेतना जगाउन हामीले तिब्बती साथीहरूसँग मिलेर विरोध प्रदर्शन गर्‍यौं। बेल्जियमको डिक्समुइडमा भेला भएका थियौं जहाँ हजारौं सैनिकहरूले पहिलो विश्व युद्धमा शान्तिको लागि आफ्नो जीवन बलिदान दिएका थिए,” बेल्जियम उइघुर संघले शनिबार एक ट्वीट मार्फत भनेको छ । बेल्जियमको एन्टवर्पमा पनि उइघुर एसोसिएसनले”उइघुर, तिब्बती र हङकङमा चीनको मानवअधिकार उल्लङ्घनको बारेमा सचेतना फैलाउन अर्को विरोध प्रदर्शन गरेको छ। फेब्रुअरीको पहिलो हप्तामा बेइजिङ विन्टर ओलम्पिक सुरु हुने भएकाले गैरसरकारी संस्थासहित २४३ वटा विश्वव्यापी समूहले मानवअधिकारको चिन्तामा चीनविरुद्ध कारबाहीगर्न आह्वान गरेपछि यस्तो भएको हो।

विश्वभरका २४३ गैरसरकारी संस्थाले भनेका छन्, ‘सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक चीन सरकारले गरेको अत्याचार अपराध र अन्य गम्भीर मानवअधिकार उल्लंघनका बीच खुल्नेछ। ह्युमन राइट्स वाच ९एचआरडब्ल्यू०ले बिहीबारको एउटा बयानमा भन्यो, ‘ यस समूहले सरकारहरूलाई फेब्रुअरी ४, २०२२ देखि सुरु हुने खेलको कूटनीतिक बहिष्कारमा सामेल हुन र खेलाडी तथा प्रायोजकहरूलाई सरकारी दुर्व्यवहारलाई वैधता नदिने आग्रह गरेको थियो।
एचआरडब्ल्यूका चीनका निर्देशक सोफी रिचार्डसनले भनिन्, “अन्तरराष्ट्रिय ओलम्पिक समितिले दाबी गरेझैं ओलम्पिक खेल ‘असलको लागि बल’ हुन सम्भव छैन जबकि आयोजक सरकारले अन्तरराष्ट्रिय कानुनको उल्लंघन गर्दै गम्भीर अपराधहरू गरिरहेको छ।