हिमपात प्रभाव : यात्रामा ननिस्कन प्रशासनको आग्रह – Himalayan Dainik

हिमपात प्रभाव : यात्रामा ननिस्कन प्रशासनको आग्रह


हिमपात प्रभाव : यात्रामा ननिस्कन प्रशासनको आग्रह

बैतडी – लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले सावधानी अपनाउन आग्रह गरेको छ ।

बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ ।

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।

शनिबारसम्म मौसममा सुधार नहुने र चिसो समेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकालाई बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ ।

यसैबीच, हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१, मुस्याचौरका महेश भट्टले बताए । उनले भने, “वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ । बाहिर निस्कनै मुस्किल भएको छ ।”वर्षासँगै हिमपात भएपछि किसानहरू खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि, माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।                                  रासस