चिनले २०२१ मा हजारौं शिक्षकहरूलाई निकाल्यो – Himalayan Dainik

चिनले २०२१ मा हजारौं शिक्षकहरूलाई निकाल्यो


चिनले २०२१ मा हजारौं शिक्षकहरूलाई निकाल्यो

बेइजिङ – चीनले सन् २०२१ मा देशको नियम र नैतिक परिपाटी को उल्लंघन गरेको आरोपमा शैक्षिक संस्थानहरूबाट विदेशी सहित हजारौं शिक्षकहरूलाई निष्कासित गरेको थियो।

ग्लोबल टाइम्सका अनुसार सिआन क्वाजियाङ काङ चियाओ इन्टरनेशनल स्कूलले गत वर्षको डिसेम्बरमा एक विदेशी शिक्षकलाई महामारी रोकथाममा उनको ‘अनुचित व्यक्तिगत व्यवहार’को आरोपमा निकालेको थियो। विद्यालयले भन्यो शिक्षकलाई न्यूक्लिक एसिड परीक्षणको क्रममा एन्टि-इपिडेमिकका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा बर्खास्त गरिएको थियो जुन चीनको कानूनको उल्लङ्घन हो।