काठमाडाैँ – लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ ।
सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् ।
यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल मान्यताहरु मा आधारित रहेको छ – #Relationships, #Explorers, #Teamwork, #Responsible, #Progressive – जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ ।
सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ ।
यस विषयमा थप जानकारीका लागी लक्ष्मी बैंकको वेबसाइट मा हेर्न सक्नुहुनेछ ।
सो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यस अघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिआज’ र २०२० मा माइ माेबाइल मनी भिडियाे कन्टेस्टमा उत्साहजनक सफलता पाइसकेको छ ।
बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ ।
