एमालेले गठबन्धन गर्दैन, आफ्नो एजेण्डा लिएर जनतामा जान्छः रायमाझी – Himalayan Dainik

एमालेले गठबन्धन गर्दैन, आफ्नो एजेण्डा लिएर जनतामा जान्छः रायमाझी


एमालेले गठबन्धन गर्दैन, आफ्नो एजेण्डा लिएर जनतामा जान्छः रायमाझी

काठमाडौँ – नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौमा एक कार्यक्रममा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाए ।

उनले भने, “स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”