काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडाी गुड्ने पुलको निर्माणका लागि नेपाल र भारतबीच एक सम्झौता पत्रमा हस्ताक्षर भयो ।
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेका जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थि बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ ।
उक्त पुलको निर्माण चाँडै शुरु गर्ने योजना रहेको छ ।
