चितवनको भरतपुरमा बन्ने भयो शिक्षक अस्पताल – Himalayan Dainik

चितवनको भरतपुरमा बन्ने भयो शिक्षक अस्पताल


चितवनको भरतपुरमा बन्ने भयो शिक्षक अस्पताल

चितवन – चितवनको भरतपुर महानगरपालिका–१५ मा शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै शिक्षक अस्पताल बन्ने भएको हो ।

पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुरका साथै भक्तपुर र मकवानपुर प्रस्ताव गरेको थियो । शिक्षाा मन्त्रालयले भने भरतपुरमा अस्पताल बनाउने प्रस्ताव लगेको र मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि सैद्धान्तिक सहमति दिइएको छ ।