काठमाडौँ – शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
बिहीबार पनि ९ सय रुपैयाँले नै घटेको थियो । लगातार दोस्रो दिन पनि घटेर सुन तोलामा १८ सय रुपैयाँ सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
घटेको मूल्यअनुसार आज छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
