काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताएकी छन् ।
मन्त्री यादवले आज एक विज्ञप्ति जारी गर्दै माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा आफूले दिएको मन्तव्यलाई पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गर्ने काम भएको र आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताएकी हुन् ।

