‘तिमि र म घुम्न जाउँ’ मा नायक नवराज र ईशाको रोमान्स (भिडियोसहित) – Himalayan Dainik

‘तिमि र म घुम्न जाउँ’ मा नायक नवराज र ईशाको रोमान्स (भिडियोसहित)


‘तिमि र म घुम्न जाउँ’ मा नायक नवराज र ईशाको रोमान्स (भिडियोसहित)

काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गायिका ईशा कार्कीको नयाँ गीत ‘तिमि र म घुम्न जाउँ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका ईशा कार्कीले दर्जनौं कर्णप्रिय गीतहरु नेपाली सांगीतिक बजारमा पस्किसकेकी छिन् । विदेशी भूमिमा बसेर पनि नेपाली गीत संगीत, कला संस्कृति र साहित्यलाइ माया गर्ने गायिका ईशा दर्शक श्रोतामाझ समेत उत्तिकै लोकप्रिय छिन ।

गीतको म्यूजिक भिडियोलाइ अमेरिकाको सुन्दर शहर क्यालिफोर्निया सानफार्न्सिसको वे एरिया र कोलोराडोमा आकर्षक ढंगले छायांकन गरिएको छ ।

गीतमा शब्द, संगीत तथा स्वर गायिका ईशा कार्कीको नै रहेको छ भने उनलाई स्वरमा गायक साजन लामाले साथ दिएका छन् । ‘तिमी र म घूम्न जाउँ’ मा अमेरिकामा बस्दै आएका लोकप्रिय नायक नवराज श्रेष्ठ र गायिका इशा कार्कि फिचर्ड गरिएको छ भने भिडियोमा अन्य कलाकारहरु इरिना ठकुरी, रन्जु पाण्डे, अमृतजंग कुँवर, रेशम लाल गौतम, जेम्स र पुरुषोत्तमले अभिनय गरेका छन् ।

छायांकन, ड्रोन र सम्पादन रसोज श्रेष्ठको रहेको छ । सार्वजनिक म्यूजिक भिडियोको निर्देशन नायक नवराज श्रेष्ठले गरेका हुन् भने म्यूजिक भिडियोको परिकल्पना तथा छायांकन व्यवस्थापन अमृतजंग कुँवरले गरेका हुन् ।

नायक नवराज श्रेष्ठ नायक, निर्माता, ग्लोबल नेपाली चलचित्र अवार्ड यूएसएका अध्यक्ष र नेपाल फिल्म सोसाइटी अमेरिकाका अध्यक्ष हुन् । नेपाली चलचित्र तथा गीतसंगीतमा छुट्टै पहिचान बनाउन सफल नायक नवराज सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् ।