नेपाल प्रहरीः व्यक्ति हत्याको १७ बर्षपछि अभियुक्त साउदीमा पक्राउ गरी नेपाल ल्याइयो – Himalayan Dainik

नेपाल प्रहरीः व्यक्ति हत्याको १७ बर्षपछि अभियुक्त साउदीमा पक्राउ गरी नेपाल ल्याइयो


नेपाल प्रहरीः व्यक्ति हत्याको १७ बर्षपछि अभियुक्त साउदीमा पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं – १७ बर्षअघि उदयपुरमा भएको एउटा हत्याका अभियुक्तलाई साउदी अरबबाट प्रहरीले पक्राउ गरी नेपाल ल्याइएको छ। बुधबार राती गोविन्द मगरलाई नेपाल ल्याइएको हो।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को काठमाडौं एनसीबीबाट खटिएको टोलीले हत्या अभियुक्त मगरलाई साउदी अरब पुगेर नेपाल ल्याएको हो।

मगरले १३ मंसिर २०६१ मा उदयपुरको रामपुर ठोक्सिलामा मानबहादुर तामाङको हत्या गरेका थिए। उनीबिरुद्ध जीतबहादुर तामाङले जाहेरी दिएका थिए। इन्टरपोलले मगरको खोजीका लागि २६ माघ २०७७ मा रेड नोटिस जारी गरेको थियो।

नेपाल प्रहरीले हत्या अभियुक्तलाई पक्राउ गर्न सक्रियता देखाएको छ। कपिलबस्तुमा पनि बुधबार ७ बर्षअघि पत्नी हत्या गर्नेलाई पक्राउ गरिएको थियो।