विपिन कार्की अब बलिउड फिल्म ‘एनिमल’मा – Himalayan Dainik

विपिन कार्की अब बलिउड फिल्म ‘एनिमल’मा


विपिन कार्की अब बलिउड फिल्म ‘एनिमल’मा

काठमाडौं – अभिनेता विपिन कार्कीले अब बलिउडमा काम गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।

विपिनका अनुसार चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन् । विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए ।

सन्दीपसँग विपिनलाई जोड्ने काम भने ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालले सन्दीपको निर्देशनमा बनेको चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई विशालले निर्देशन गर्दैछन् । अभिनेता रणवीर कपूरसँग यसअघि कलाकार भोलाराज सापकोटाले चलचित्र ‘बर्फी’मा पर्दा शेयर गरेका थिए ।