राजसंस्था र हिन्दुराष्ट्रको मुद्धालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्छौँ : लिङदेन – Himalayan Dainik

राजसंस्था र हिन्दुराष्ट्रको मुद्धालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्छौँ : लिङदेन


राजसंस्था र हिन्दुराष्ट्रको मुद्धालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्छौँ : लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि विभेद नगरेको स्पष्ट पारेका छन् ।

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताए ।

मनोयनका विषयमा केहि भ्रम आएको भन्दै उनले आफूले विधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने जिकिर गरे ।

त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्धा सँगसँगै मुलुकको अन्य मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए । उनले जनतालाई विश्वास लिएर राजसंस्था, हिन्दुराष्ट्रको मुद्दालाई अघि बढाइने जिकिर गरे ।