बाइडेनद्वारा अमेरिकी निर्वाचन कानुन फेर्न आग्रह – Himalayan Dainik

बाइडेनद्वारा अमेरिकी निर्वाचन कानुन फेर्न आग्रह


बाइडेनद्वारा अमेरिकी निर्वाचन कानुन फेर्न आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी निर्वाचन कानुन फेर्न आग्रह गरेका छन् । सिनेटको कानुनमा एक ऐतिहासिक परिवर्तन गर्न उनले खोजेको बताएका हुन् ।

बाइडेनले आफ्नो एक जोडदार भाषणमा मतदानमा सुधार गर्ने गर्न लागेको बताएका छन् । यो सुधार प्रतिपक्षी दल रिपब्लिकनको समर्थन बिना पारित गर्ने उनले जनाए ।

बाइडेनको योजनालाई उनकै पार्टीका दुई सिनेटरहरूले बाधा अड्काइरहेका छन् भने रिपब्लिकन पार्टीको कसैले समर्थन नगर्ने भएको छ ।

सिनेटबाट पारित गराउन उनलाई साठी प्रतिशतको बहुमत आवश्यक हुनेछ । अमेरिकाको माथिल्लो सदनमा ५० –५० जना सांसदहरू रहेका छन् ।फ्रिडम टु भोट एक्ट र द जोन लुइस भोटिङ राइट्स एडभान्समेन्ट एक्ट गत वर्ष तल्लो सदनबाट पारित भयो ।

पहिलो विधेयकले राज्य राज्यको टुक्रे कानुनको विरोधमा देशभर मतदन गर्ने कानुन ल्याउन लागिएको हो । द जोन लुइस एक्टले सरकारलाई निर्वाचन कानुनमा कुनै परिवर्तन गर्न सरकारलाई अनुमति प्रदान गर्ने विधेयक हो ।

बाइडेनले यी विधेयकहरूले अमेरिकी लोकतन्त्रलाई संरक्षण गर्ने भएको दाबी गरेका छन् । यसका लागि मैले यो सिनेट कानुनहरूको परिवर्तन गर्न समर्थन गरिरहेको बताए ।उनले जर्जियामा भाषण गर्दा यस्तो बताए ।