प्रिया रानी र प्रवीणको यसरी तयार भयो ‘विश्वासको घर’ – Himalayan Dainik

प्रिया रानी र प्रवीणको यसरी तयार भयो ‘विश्वासको घर’


प्रिया रानी र प्रवीणको यसरी तयार भयो ‘विश्वासको घर’

काठमाडौं – प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा क्रियाशील गायिका सुष्मा राई र गायक शिवसंगम राईको स्वरमा रहेकोको गीत ‘विश्वासको घर’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ ।

ईश्वर चाम्लिङको शब्द तथा शिवसंगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको छ । माया रहेका प्रेमील जोडि विचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ ।

अनिल कुमार मान्धरको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन छ । ‘विश्वासको घर’ गीतको भिडियोमा प्रिया रानी लामा र प्रवीण डीसीको जीवन्त अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई ओएसआर डिजिटलले बजारमा ल्याएको छ ।