सुनचाँदीको मूल्य बढ्यो – Himalayan Dainik

सुनचाँदीको मूल्य बढ्यो


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ – आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।