पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन गर्छौं: अध्यक्ष लिङ्देन – Himalayan Dainik

पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन गर्छौं: अध्यक्ष लिङ्देन


पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन गर्छौं: अध्यक्ष लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलनको रूपमा अघि बढाउने बताउनुभएको छ ।

मंगलबार काठमाडौँको सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै अध्यक्ष लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै भन्दै आक्रोस जनाउनुभयो । उहाँले अर्को वर्ष राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन अघि बढ्ने चेतावनी दिनुभयो ।

पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएकै कारण नेपाल रहेको तथा नेपालभित्र राष्ट्रपति र प्रधानमन्त्री रहेको भन्दै उहाँले राष्ट्रनिर्माताको सम्मान गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले अहिलेको पुस्ताले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुने उल्लेख गर्नुयभो ।