नारायणहिटी संग्रहालय कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा – Himalayan Dainik

नारायणहिटी संग्रहालय कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा


नारायणहिटी संग्रहालय कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा

काठमाडौँ – नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिनुभएको छ ।

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिनुभएका उहाँले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिनुभएको हो । उहाँले आज मन्त्रालयमा राजिनामा दिनुभएको बुझाएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो ।

जग्गा ठेक्काको सम्बन्धमा छानबिन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र सेटिङमा उहाँको समेत संलग्नता देखिएकाले उहाँलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित सोमबार प्रतिवेदन सार्वजनिक गरेको थियो ।