आजको मौसम – Himalayan Dainik

आजको मौसम


आजको मौसम

काठमाडौँ – देशका केही स्थानमा आज पनि हिमपात र वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान कर्णाली, सुदूरपश्चिम, वाग्मती, प्रदेश २ र प्रदेश  १ मा सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो १९ डिग्रीसम्म पुग्नेछ । हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।