विवेकशील साझाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित – Himalayan Dainik

विवेकशील साझाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित


विवेकशील साझाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

काठमाडौँ – विवेकशील साझा पार्टीले ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार कोरोनाको जोखम बढेपछि विवेकशील शाझाले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ गते देखि माघ १६ सम्म गर्ने तय गरेको कार्यक्रम स्थगन हो ।

उनकाअनुसार अनुकूल समय पारेर ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गरिने छ । यात्रा स्थगित भए पनि पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने विववेकशील साझाले जनाएको छ ।