एक घण्टामै ७३ अंकले बढ्यो नेप्से – Himalayan Dainik

एक घण्टामै ७३ अंकले बढ्यो नेप्से


एक घण्टामै ७३ अंकले बढ्यो नेप्से

काठमाडौं – शेयरबजारमा पछिल्लो समय आक्रामक देखिएको छ ।

आइतबार पनि आक्रामक रूपमा नेप्से बढ्दा एक घण्टामा नै २७६६ को बिन्दुमा पुगेको हो । यो समाचार तयार पार्दासम्म नेप्से सूचक ७३.९५ अंकले बढिसकेको छ भने कारोबार २ अर्बको भइसकेको छ ।

प्रभु बैंकको शेयरमा लगानीकर्ता धेरै देखिएका छन् । यो बैंकको अहिलेसम्म ११ करोड रुपैयाँको शेयर किनबेच भइसकेको छ । यो सँगै अरुण भ्याली र अपी पावरको शेयर पनि आक्रामक रूपमै किनबेच भइरहेका छन् ।

यतामध्य भोटेकोशी र नेपाल हाइड्रो डेभलपर्सको ९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढिसकेको छ ।