‘प्लाष्टिक सर्जरी’ले सुन्दरता बिगार्ने यी भारतीय अभिनेत्रीहरु – Himalayan Dainik

‘प्लाष्टिक सर्जरी’ले सुन्दरता बिगार्ने यी भारतीय अभिनेत्रीहरु


‘प्लाष्टिक सर्जरी’ले सुन्दरता बिगार्ने यी भारतीय अभिनेत्रीहरु

एजेन्सी – धेरै फिल्महरुमा काम गरिसकेकी कोइना मित्राले आफ्नो अनुहार प्लाष्टिक सर्जरीको बारेमा खुलेर बताएकी छन् । उनले सर्जरीले कसरी आफूलाई बाँच्न गह्रो भएको भन्ने बताएकी छिन् ।

सन् २०११ मा कोइनाले नकको सर्जरी गराएकी थिइन् । धेरै राम्री हुन गराइएको यो सर्जरी उनका लागि अभिशाप बन्यो । यो सर्जरीले उनको करियर पनि बर्बाद भयो । बिग्रिएको नाकले आफ्नो पेशा सुधार्न उनले त्यसपछि पनि धेरै पटक सर्जरी गराइन् । केही नलागेपछि उनी सन् २०११ नोभेम्बरमा अमेरिका पलायन भइन् ।

यो पहिलो घटना होइन । सर्जरीका कारण कतिपय नायिकाहरुको अनुहार बिग्रिएको छ । यहाँ केही नायिकामा सर्जरी पछि फेरिएको अनुहारका बारेमा चर्चा गरिएको छ ।
सलमान खानका साथ फिल्म ‘वान्टेड’ मा देखिएकी नायिका आयशाको तस्विर पछिल्ला दिनहरुमा सार्वजनिक भएका छन् । ती तस्विरहरुमा उनलाई चिन्न पनि कठीन भएको छ । कहिले आफ्ना स्तन प्रत्यारोपण गरेर चर्चामा आएकी आयशाका यी तस्विर हेर्दा अलग–अलग अंगहरु (लिप्स, आइब्रो, फोरहेड लगायत) को सर्जरी गराएर उनी पुरै नचिन्ने बनेकी छन् ।

फिल्म ‘रब ने बना दी जोडी’ मा शाहरुख खानका साथ बलिउडमा डेब्यु गरेकी अनुष्का शर्माले सन् २०१४मा ओठको फिलिङ गराएकी थिइन् । सर्जरी पश्चात उनले ‘बम्बे भेल्भेट’ फिल्ममा पहिलो तस्विर सार्वजनिक भएको थियो । उनको त्यतिखेर चर्को ट्रोल बनाइएको थियो । केहीले उनले चर्चित कार्टुन डोनाल्ड डकसँग पनि तुलना गरेका थिए । पछि गल्ती स्वीकारेर उनले आफ्नो ओठलाई सच्याएकी थिइन् ।

फिल्म ‘शुद्ध देशी रोमान्स’ बाट बलिउडमा डेब्यु गरेकी वाणी कपूरको अनुहारमा एक्कसी धेरै बदलाव आयो । यो बदलाव उनको ओठको साइज थियो । उनको ओठको सर्जरी पश्चात ठूलो र अस्वभाविक देखिएको थियो । फिल्म ‘बेफिक्रे’ मा उनको ओठ देखेर धेरै हाँसो उडाइएका थिए ।