चितवन – राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको पहिलो अधिवेशन सम्पन्न भएको छ। शनिबार चितवनको सौराहामा भएको अधिवेशनले अध्यक्षमा नारायण सिलवाल निर्विरोध निर्वाचित गरेको छ ।
समूहको उपाध्यक्षमा मकवानपुरका कपिल खड्का, सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल, कोषाध्यक्षमा सदिक्षा न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा मनिश दुवाडी (धादिङ), बलवीर भुजेल (सिन्धुली), सागर गिरी (चितवन), सन्तोष वास्ताकोटी (चितवन) र नवराज श्रेष्ठ (रामेछाप) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोहि समूहले आयोजना गरेको २ दिने फोटो पत्रकारिता तालिम पनि सम्पन्न भएको छ । सहभागीहरूलाई राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त, महासचिव नवराज श्रेष्ठ, वरिष्ठ फोटो पत्रकार सुनिल शर्माले फोटो पत्रकारिता सम्बन्धि आधारभूत तालिम प्रदान गरेका थिए।
राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजना गरेको २ दिने फोटो पत्रकारिता तालिम समापनपछि तस्वीर खिचाउँदै सहभागीहरू तालिममा बागमती प्रदेशका १३ वटा जिल्लाबाट ३० पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरुलाई बागमती प्रदेश अध्यक्ष नारायण शिलवाल, केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र सल्लाहकार गिरिजा अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए।