काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
माओवादीको आठौं महाधिवेशनमा सहभागी भएका अन्य नेतालाई कोरोना पुष्टि भएको थियो। पहिला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुष्टि हुनासाथ नारायणकाजी श्रेष्ठलाई पनि संक्रमण पुष्टि भएको थियो।
माओवादीका धेरै नेता–कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेताहरू हरिबोल गजुरेल र मातृका यादव संक्रमित छन् । यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, वाइसिएल नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुवोध सिर्पाली लगायत पनि संक्रमित भएका छन्।
महाधिवेशनमा सहभागी भएका अन्यलाई पनि परिक्षण गराउनका लागि अपिल गरिएको छ। माओवादी केन्द्रीय कार्यालय यहि कारण बन्द गरिएको छ।