कांग्रेसले चुनावमा हारको सामना गर्नु पर्ने हुन सक्छ: नेता कोइराला – Himalayan Dainik

कांग्रेसले चुनावमा हारको सामना गर्नु पर्ने हुन सक्छ: नेता कोइराला


कांग्रेसले चुनावमा हारको सामना गर्नु पर्ने हुन सक्छ: नेता कोइराला

सुनसरी – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नु पर्ने अवस्था निम्तन सक्ने खतरा औंल्याउनुभएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मी सँगको कुराकानीको क्रममा नेता कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताउनुभयो । आगामी निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आवद्ध गराउन सक्यौं भने निर्वाचन जित्छौं तर्क गर्दै डा। कोइरालाले यस्तै तरिकाले सभापतिले हिंड्ने हो भयो भने पार्टी दुर्घटनामा पर्न सक्ने तर्फ संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्याय संगत हुनु पर्यो । उहाँले विधानलाई टेकेर हिंड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नु भको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायोसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै । त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ।