अध्यक्ष दाहाललाई कोरोना संक्रमण पुष्टि – Himalayan Dainik

अध्यक्ष दाहाललाई कोरोना संक्रमण पुष्टि


अध्यक्ष दाहाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष दाहालको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।