राष्ट्रिय सभाको बैठक पुस २७ गते बस्ने – Himalayan Dainik

राष्ट्रिय सभाको बैठक पुस २७ गते बस्ने


राष्ट्रिय सभाको बैठक पुस २७ गते बस्ने

काठमाण्डौ – राष्ट्रिय सभाको बैठक यही पुस २७ बस्ने भएको छ । यही २५ गते आइतवार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो बैठक निर्धारण गरेका हुन् ।