काठमाडौँ – नेपाली चलचित्र चिनोमा ‘बतासले उडाइ लग्यो माया मेरो…’ बोलको गीत छ । नायक शिव श्रेष्ठले अभिनय गरेको यो गीत कुमार कान्छा र आशा भोसलेले गाएका हुन् ।
संसारभर सुनामीको प्रकोपले हावाकावा खेलाउँछ । सौभाग्यवस नै भनुँ नेपालमा सुनामी आउँदैन । यदि सुनामी नै आउने भए त नेपालको हालत के हुन्थ्यो कठै ? जबकी सानोतिनो हावा हुण्डरीले नै नेपाललाइ हावाकावा खेलाउँछ ।
यतिखेर ‘बतास’ नामको हुण्डरी नेपालमा आएको छ । थाहा भए अनुसार भर्खरै बतासले नारायणहिटी, पशुपति, सेती–गण्डकी र गण्डकी संग्राहलय उडाइ लगेको समाचार छ । यो बतास बढ्दै गए सिंहदरवारसहीत कैंयो खोलानाला पहाड-पर्वत उडाउने सम्भावना रहेको जानकारहरु दावी गर्छन् ।
यसै सिलसिलामा चिनोको यो गीतले पनि बतासको बबण्डर गीतमा ढालेर गाएको छ :
बतासले उडाइ लग्यो नारानहिटी
पशुपति बाँकी राखेन के को सेती गण्डकी
सबैसबै उडाइ लग्यो जताततै बतास चल्यो
वीरेन्द्रको त्यो दरबार तिम्रै अपुताली
पशुपति पनि तिम्रो आफ्नै ससुराली
भएभरको नदी संग्राहलय तिम्रै दाइजो भो
ढुगा गिटी बालुवाखानी तिम्रै रजाँइ भो ।
सबैसबै उडाइ लग्यो जताततै बतास चल्यो
बतासले उडाइ लग्यो नारानहिटी
पशुपति बाँकी राखेन के को सेती गण्डकी
सबैसबै उडाइ लग्यो जताततै बतास चल्यो
सिंह दरबार पनि लैजाउ सजाइ मुटु भरी
बामालेको उपहार बाँधीराख बन्धन सरी
योगेशको जाल बतासको चाल सबै तिम्रो संसार भो
सबैसबै उडाइ लग्यो जताततै बतास चल्यो
बतासले उडाइ लग्यो नारानहिटी
पशुपति बाँकी राखेन के को सेती गण्डकी
सबैसबै उडाइ लग्यो जताततै बतास चल्यो