काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको बताएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज देशका विभिन्न्न स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक–दुई स्थानहरूमा हल्का वर्षा र हिमपात भएको छ ।
शुक्रबार देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।