मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा हुने – Himalayan Dainik

मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा हुने


मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा हुने

काठमाडौं –  मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले जानकारी दिए ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा स् सबैको अधिकार’ भन्ने मूल आव्हानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ । राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो ।