काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् ।
आज दुई वटा खेल हुनेछन् । काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् ।
यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् । एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल समान खेलमा ७ अंकसहित नवौँ स्थानमा रहेको छ ।
