चिसोका कारण एक वृद्धाको मृत्यु – Himalayan Dainik

चिसोका कारण एक वृद्धाको मृत्यु


चिसोका कारण एक वृद्धाको मृत्यु

जनकपुर – चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका-१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर-१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

कल्याणपुर-१ अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।