पाँचथरमा आगलागी हुँदा तीन घर जले – Himalayan Dainik

पाँचथरमा आगलागी हुँदा तीन घर जले


पाँचथरमा आगलागी हुँदा तीन घर जले

काठमाडौँ – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन् ।​

बुधबार साँझ बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगो फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका पनि घर जलेका हुन् । विद्युत सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।

आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएको स्थानीय खगेन्द्र राईले जानकारी दिए ।आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएको थियो ।