कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु – Himalayan Dainik

कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ – काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाडौँको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएका थिए ।