सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी – Himalayan Dainik

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी


सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी

नवलपुर – नवलपुरमा स्थायनीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी भएका छन ।

जिल्लाको देवचुली नगरपालिकामा रहेको प्रगितनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा सत्तारूढ गठबन्धनले शर्मनाक हार व्यहोरेको हो । संस्थाको अध्यक्षमा सत्तारूढ गठबन्धन अर्थात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन ।

निर्वाचन समितिका अनुसार नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धा गर्नुभएका खिमानन्द भुसाल अध्यक्षमा अत्याधिक मतसहित विजयी हुनुभएको छ । भुसालले २ हजार ४ मत प्राप्त गरी बिजयी प्रतिद्धन्द्धी कांग्रेसका नारायणप्रसाद पौडेलले १४४५ मत प्राप्त गरी पराजीत हुनुभएको हो ।

गठबन्धनका उम्मेदवार पौडेलले ५५९ मतान्तरले पराजति भएका हुन । ६ वडाको नौ वटा ब्लकमा भएको चुनावमा अधिकांश पदमा एमालेकै उम्मेदवार भारी मतसहित विजयी भएका छन ।