अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, यस्तो छ सर्कुलर – Himalayan Dainik

अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, यस्तो छ सर्कुलर


अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, यस्तो छ सर्कुलर

काठमाडौं – नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ ।

यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बताए । हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो ।

बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाएका छन् ।

विधान महाधिवेशनका लागि गठन भएका उपसमितिहरू र जिम्मेवारीबारे हेर्नुहोस् सर्कुलर–