काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीकी नायवप्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भए पनि हालसम्म सो प्रक्रिया सम्पन्न हुन सकेको छैन । त्यसैले मन्त्रालयको पत्रानुसार वैद्यलाई प्रबन्ध निर्देशक तोकिएको हो ।